चलचित्र ‘छिरिङ्ग’ दैनिक ८ शो डिसहोम सिनेमाघरमा

चलचित्र ‘छिरिङ्ग’ दैनिक ८ शो डिसहोम सिनेमाघरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विश्वमा अहिले कोरोनाभाइरस कोविड १९ संक्रमणका कारण आक्रान्त छ । कोरोनाभाइरसबाट नेपाल पनि अछुतो भने छैन। यसै विषम परिस्थितिलाई मध्येनजर गरेर नेपाल सरकारले चैत्र ११ गतेबाट लकडाउन घोषणा गरेको छ भने लकडाउन निरन्तर छ। कोरोनाभाइरस संक्रमणले मरिने हो कि भनेर सारा नेपाली जनता चिन्तित छन् ।

अहिले मुलुकभरका आमनागरिक घर-घरमा लकडाउन अथवा बन्दाबन्दीको पालना गरी घरभित्रै बस्नु परेको अवस्था छ। यही अवस्थालाई ध्यानमा राखी डिस मिडिया नेटवर्कद्वारा सञ्चालित डिसहोम सिनेमाघर च्यानल नम्बर ८८८ मा नयाँवर्ष २०७७ साल वैशाख ५ गतेदेखि चलचित्र ‘छिरिङ्ग’ नामक चलचित्र प्रदर्शन भइरहेकाे छ।

डिसहोम सिनेमाघर च्यानल नम्बर ८८८ मा चलचित्र ‘छिरिङ्ग’ दैनिक ८ शो प्रदर्शन भइरहेको छ। किनकि आमनागरिकको मानसिक तनावलाई कम गर्ने उद्दश्येले कतै पीडित नहोउन् भन्ने कामनाकासाथ मनोरञ्जनलाई जोड दिइएको हो।

अति रोमाञ्चकारी नेपाली कथानक चलचित्र ‘छिरिङ्ग’ मा निमा रुम्बा, यसकुमार, कामना भुजेल आदि चर्चित कलाकारहरुको संयोजनमा बनेको सफल चलचित्र हो जसलाई प्रति शो रुपैयाँ २२५ मा सोचेभन्दा बढी मज्जा लिन सकिन्छ।

डिसहोमले आफ्ना ग्राहकहरुको मनोरञ्जनलाई विशेष ध्यानमा राखेर विगत ३ वर्षदेखि डिसहोम सिनेमाघर च्यानल नं ८८८ मा सञ्चालन गर्दै आइरहेको छ ।

याे सिनेमाघर फिल्म खुलाउन कम्पनीकाे आइभिआर नं. ९८०११९०९९० मा फोन गरेर अथवा मोवाइलबाट ३२५०० वा ३२५८० मा साधारण एसएमएस पठाएर पनि चलचित्र सजिलै खुलाउन सकिन्छ ।

त्यस्तैगरी सिनेमाघर खुलाउने अर्को विधि भनेको डिसहोम ग्राहक सेवा केन्द्र १६६० ०१ २२०००, ०१ ४२१७६६६ र ९८०११५५००० मा फोन गरेर अथवा नजिकको डिसहोम विक्रेतासँग सिधै सम्पर्क गरेर पनि डिसहोम सिनेमाघर खुलाउन सकिने कम्पनीले जनाएको छ।

मुलुकका सहरदेखि अति दर्गम् भेगमा समेत बसोबास गर्ने आमनागरिकहरुको लागि पनि डिसहोम सिनेमाघर अत्यन्तै सफल र फलदायक सिनेमाहलको रुपमा विकसित भइसकेमो छ ।

डिसहोम सिनेमाघरमार्फत सञ्चारका पहुँच नपुगेका दूरदराजका ग्राहकहरुले समेत आफूले मनले खाएको अथवा चाहेको नेपाली चलचित्रहरु छानी-छानी नयाँ-नयाँ नेपाली सिनेमाहरु सजिलै हेर्न पाउने व्यवस्था मिलाईएको कम्पनीको दाबी छ।