कमेडियन अपूर्व क्षितिजलाई १० दिन थुनामा राख्न अनुमति


काठमाण्डु- कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति दिइएको छ ।

जातीय टिप्पणी गरेको आरोपमा आइतबार पक्राउ परेका सिंहलाई अनुसन्धानका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले १० दिन थुनामा राख्न अनुमति दिएका हुन् ।

सिंहमाथि स्ट्यान्डअप कमेडीमार्फत् नेवा समुदायमाथि जातीय टिप्पणी गरेको आरोप छ । उनीविरुद्ध शनिबार नेवा समुदायका अभियन्ताहरूले परिसर टेकु पुगेर सिंहविरूद्ध जाहेरी दिएका थिए ।

सिंहको स्ट्यान्डअपको भिडिओ कमेडी क्याफेको युट्युब च्यानलमार्फत् ‘नेवारको परम्परा’ शीर्षकमा हालिएको थियो। सिंहले हाँस्यव्यंग्य गर्दा नेपाल भाषा, खाना तथा महिलाहरूमाथि व्यंग्य गरेको आरोप छ।

तर, सिंहले भने उक्त भिडिओ युट्यूवबाट हटाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement