काठमाण्डु – सीजी मोटर्सले आफ्नो नयाँ विशेष क्याम्पेन “एक्सपेङ एक्सपेरियन्स अप ग्रेड टु एक्सीलेन्स” सार्वजनिक गरेको छ।
नेपालमा एक्सपेङ इलेक्ट्रिक भेहिकलको आधिकारिक वितरक सीजी मोटर्सले आफ्नो नयाँ विशेष क्याम्पेन “एक्सपेङ एक्सपेरियन्स अप ग्रेड टु एक्सीलेन्स” सार्वजनिक गरेको हाे।
यो क्याम्पेन मार्फत ग्राहकहरूलाई अत्याधुनिक एक्सपेङ इभीमा सहज र लाभदायक रूपले अपग्रेड गर्ने विशेष एक्सचेन्ज क्याम्प अफर उपलब्ध गराइएको कम्पनीले जनाएकाे छ।
यस अफरअन्तर्गत, ग्राहकहरूले आफ्नो पुरानो सवारीसाधन एक्सचेन्ज गरी एक्सपेङ जी ६-४४० एन्एम् टर्क एडभान्स्ड अटो-पायलट तथा अटो-पार्किङ प्रणाली, फाइभ स्टार-यूरो एनसीएपी सुरक्षा रेटिङ, र ५०:५० वेट–डिस्ट्रिब्युसन जस्ता उत्कृष्ट विशेषताले सुसज्जित, नयाँ पुस्ताको प्रिमियम इलेक्ट्रिक एसयूभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर प्राप्त गर्नेछन्।
स्मार्ट, र परिष्कृत ड्राइभिंङ अनुभव प्रदान गर्ने एक्सपेङ जी-६ ले आधुनिक इभी प्रविधिलाई उपभोक्तासम्म ल्याउनुका साथै यसको वर्गमै अग्रणी प्रदर्शन ग्यारेन्टी दिन्छ। ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, अफरमा ६.३ प्रतिशत आकर्षक ब्याजदर, विशेष क्यास लाभहरू, १ वर्षको इन्स्योरेन्स (अटोप्लस), १ वर्षको रोड–ट्याक्स, प्रिमियम एसेसोरिज, ६.६ केडब्लू वाल-माउन्ट चार्जर, ३.३ केडब्लू ट्राभल चार्जर, साथै ब्लाक प्लस डेकर कार वासर तथा भ्याकुम क्लिनर समावेश गरिएको छ।
जसले इभी अनरसीप अनुभवलाई पहिलो दिनदेखि नै सहज र सुरक्षित बनाउँछ। क्याम्पेनलाई अझ रोमाञ्चक बनाउँदै, अवधिभर टेस्ट ड्राइभ गर्ने प्रत्येक ग्राहकलाई विशेष गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।
भविष्यमुखी सम्पन्न डिजाइन, अत्याधुनिक स्मार्ट फिचरहरू, र ग्राहक सन्तुष्टिप्रतिको अटल प्रतिबद्धतासहित, एक्सपेङ नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ मापदण्ड स्थापना गर्दै अगाडि बढिरहेको छ।




प्रतिक्रिया