काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रभावशाली नेता तथा पूर्वमन्त्री राजलाल यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।
सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट आफ्ना समर्थकहरूसहित यादव रास्वपामा प्रवेश गरेका छन् ।
रास्वपा प्रवेश गरेका यादव नेपालको राजनीतिमा अनुभवी र परिचित अनुहार हुन् । यादवले मन्त्री र सांसदका रूपमा राज्यका विभिन्न तहमा रहेर काम गरेको अनुभव छ ।
उनी संविधानसभा सदस्य तथा तत्कालीन जिल्ला विकास समितिका पूर्व सभापति समेत रहेका हुन् । उनी हाल जसपा केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार थिए ।




प्रतिक्रिया