उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै रहने निर्वाचन आयोगको निर्णय

उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै रहने निर्वाचन आयोगको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- निर्वाचन आयोगले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ ।

यादवको उम्मेदवारी खारेजको माग गर्दै नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले उजुरी दिएका थिए । तर, निर्वाचन आयोगले यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको हो ।

यादव आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी कानुनसम्मत भएको भन्दै उजुरी खारेज नगर्नुपर्ने माग गरेका थिए ।