काठमाडौं – नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालालाई चिकित्सकविरुद्ध जथाभावी नबोल्न चेतावनी दिएको छ । सचिव कोइरालाले स्वास्थ्यकर्मीहरूप्रति अभद्र र अशोभनीय बोली बोलेको भन्दै आपत्ति जनाएको हो ।
सचिव कोइरालाले एक अन्तर्वार्तामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन करारमा भएको र कुनै पनि बेला हटाउनसक्ने बताएपछि संघको यस्तो भनाई आएको हो ।
‘देशभरका सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई अग्रपंक्तीमा रही यो महामारीसँग जुध्नका लागि लागि सावृजनिक आह्वान भइरेको अवस्थामा स्वास्थ्य मन्त्रालयको अभिभावकको रुपमा रहेका जिम्मेवार व्यक्तिले नै चिकित्सकहरुलाई विभेदीकरण गर्ने, स्थायी–अस्थायी वा करार भनेर भेदभाव गर्दा माहामारीसँग जुधिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च हुन नसक्ने भन्दै चिकित्सक संघले भनेको छ, ‘समग्र स्वास्थ्य सेवा प्रवाहलाई नै असर पार्न सक्ने भएकाले यसबारे गम्भीर विचार गरेर अभियक्ति सार्वजनिक गर्न माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
साथै करार, ज्यालादारीमा चिकित्सकहरू नियुक्त गर्नुको साटो दरबन्दी वृद्धि गरेर स्थायी पदपूर्ति गर्नसमेत माग गरेको छ ।




प्रतिक्रिया