हारको कारण खोज्दै उपेन्द्र यादव


काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) ले निर्वाचनबारे समीक्षा गर्ने भएको छ । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजाबारे जसपाले समीक्षा गर्ने भएको हो ।

जसपाले संघ र प्रदेशसभाको अन्तर्गत जम्मा ७ सिट जितेको छ । जसपाले सबै प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समन्वय समितिहरुलाई १५ दिनभित्र चुनावी समीक्षा प्रतिवेदन केन्द्रमा बुझाउन निर्दशन दिएको छ ।

यसपटको निर्वाचनमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले नै हार व्यहोरेका छन् । सप्तरी २ बाट यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग चुनावी मैदानमा होमिएका थिए ।

तर, यादवलाई राउतले फराकिलो मतान्तरले हराए । अध्यक्ष यादवले प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समन्वय समितिहरुलाई पत्र लेखेर जिल्ला र निर्वाचन क्षेत्रस्तरीय समीक्षा बैठक राख्न भनेका छन् । पछिल्लो समय यादव निर्वाचनमा हार्नुको कारण खोजिरहेका छन् ।

संघ र प्रदेशसभाको निर्वाचनमा जसपाले नेकपा एमालेसँग तालमेल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement