श्रीचन यादवले पाए ‘प्रेसर कुकर’ निर्वाचन चिन्ह


काठमाण्डु- सर्लाही ४ ख बाट प्रदेससभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा माओवादीका युवा नेता श्रीचन यादवले निर्वाचन चिन्ह कुकर पाएका छन ।

निर्वाचन आयोगले बुधबार यादवलाई कुकर निर्वाचन चिन्ह दिएको हो । माओवादी केन्द्रबाट सर्वसम्मत सिफारि भएका यादवलाई पार्टीले टिकट नदिए पछि उनले अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यादवले आफूलाई क्षेत्र, जिल्ला, प्रदेसले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको भएपनि केन्द्रले टिकट नदिएको तर आफ्ना समर्थक जनताले धेरै दवाव दिएकोले आफ्ना जनताको खातिर स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस
Advertisement