काठमाण्डु – प्रतिनिधिसभाका सांसद यज्ञबहादुर बोगटीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ललितपुरमा बस्दै आएका सांसद बोगटीले साउन ३० गते स्वाव संकलन गर्न दिएका थिए ।
अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित बोगटीले आफू अहिले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा रहेको जानकारी दिए । उनले आफूलाई कोरोनाको कुनै लक्षण नभएको बताएका छन् ।
‘सावधानी अपनाउँदा अपनाउँदै को बाट सऱ्यो थाहा छैन’, उनले भने, ‘मलाई कोरोनाको केही लक्षण छैन ।’
उनले कोरोनाले कुनै जात, पद नहेर्ने भएकोले सावधानी अपनाउन आग्रह गरेका छन् ।
‘चाहेर वा नचाहेर कसैलाई कोरोना हुने होइन । यसले मान्छे चिन्दैन,’ उनले भने, ‘सावधानीचाहिँ अपनाउनु पर्ने देखियो । सामाजिक दूरी कायम गरौं ।’
संसदीय समितिका सदस्यसमेत रहेका बोगटी केही दिन अगाडि मात्रै नियमित बैठकमा उपस्थित थिए । त्यस्तै उनी साउन १७ गते अछामबाट काठमाण्डु फर्किएका थिए ।




प्रतिक्रिया