मन्त्रीको सुविधा कटाऔँ, गरिबको मृत्युको विपरीतार्थक स्वास्थ्य बीमा नरोकौंं: सांसद् न्यौपाने

मन्त्रीको सुविधा कटाऔँ, गरिबको मृत्युको विपरीतार्थक स्वास्थ्य बीमा नरोकौंं: सांसद् न्यौपाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् यज्ञमणि न्यौपानेले सरकारले स्वास्थ्य बीमा कटौती गरेकामा आपत्ति जनाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै न्यौपानेले गरिबको मृत्युको विपरीतार्थक शब्दजस्तो बीमा हटाउन नमिल्ने भन्दै तत्काल निरन्तरता दिन माग गरे ।

मन्त्रीका सुविधा तथा कर्मचारी कटौती गरेर र भ्रष्टाचार रोकेर स्वास्थ्य बीमा नकटाउन सरकारको ध्यानाकर्षण गराए । आफू सरकारको पक्षमा भए पनि गरिब, निमुखा, असहाय र विपन्न वर्गका नागरिकको प्रतिनिधि भएकाले त्यसबारे बोलेको उनको भनाइ थियो । २४. ७ प्रतिशत नेपाली बीमामार्फत उपचार गरेर बाँचिरहेको अवस्थामा सरकारले उक्त कार्यक्रम अलपत्र पार्नुको अर्थ नागरिकलाई अलपत्र पार्नु भएको ब्याख्या न्यौपानेले गरे ।

‘आवश्यक परे संसदको सुविधा कटाऔं, भ्रष्टाचार हटाऔं । मन्त्रीका सेवा–सुविधा कटाऔं । अनावश्यक कर्मचारी घटाऔं । तर सरकार स्वाथ्य बीमा लाई नहटाऔं, नरोकौं, रोक्दै नरोकौं । स्वास्थ्य बीमा कुनै सुविधा होइन । यो नागरिको जीवनसँग जोडिएको सामाजिक सुरक्षा हो । गरिबका लागि मृत्युको विपरीतार्थक शब्द हो’, न्यौपानेले भने, ‘आज गरिब नागरिकहरु अस्पतालको ढोकामा पुगेर सोधिरहेका छन्, सरकार मेरो बीमा कहाँ गयो ? म सरकारको पक्षमा छु । तर, सरकारको पक्षमा हुनु भनेको नागरिकको पीडा नदेख्नु होइन । संविधानले स्वाथ्यलाई मौलिक हक भनेको छ । यो धनीका लागि मात्र होइन, गरिब, निमुखा, असहाय विपन्न नागरिकका लागि पनि हो । म त्यही वर्गको प्रतिनिधित्व गर्ने सांसद हो । २४. ७ प्रतिशत नेपाली बीमामार्फत उपचार गरेर बाँचिरहेका थिए, त्यसैले सरकार बीमालाई अलपत्र नपारौं । बीमालाई अलपत्र पार्नु भनेको नागरिकलाई अलपत्र पार्नु हो । तुरुन्तै स्वाथ्य बीमालाई निरन्तरता दिऔं । आजै सुरु गरौं ।’