गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न अदालतको आदेश ( पत्रसहित)

गाउँपालिका अध्यक्षलाई पक्राउ गर्न अदालतको आदेश ( पत्रसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत कास्कीले अध्यक्ष मल्ललाई ठगी मुद्दामा पक्राउ गरी जेल चलान गर्न पक्राउ पुर्जी जारी गरेको हो ।

निवेदक ध्रुव थापा र अध्यक्ष मल्लबीच लेनदेनसम्बन्धी विवाद भएको थियो । सोही मुद्दामा जिल्ला अदालतले गत चैत २७ गते नै मल्लाई ६ महिना कैद सुनाएको थियो ।

अदालतले अध्यक्ष मल्ललाई जिल्ला काराकार कास्कीमा चलान गर्न जिल्ला प्रहरी कार्यालय पर्वतलाई आदेश दिएको छ । नेपाली कांग्रेस पर्वतका प्रभावशाली नेतासमेत रहेका अध्यक्ष मल्ल आगामी महाधिवेशनमा जिल्ला सभापतिका दाबेदारसमेत हुन् ।