कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सभामा विश्वासको मत पाएका छन् ।

चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका कँडेलले बिहीबार प्रदेश सभामा विश्वासको मत लिएका छन् ।

कूल ४० सदस्यीय प्रदेश सभामा उपस्थित ३५ सांसदमध्ये उनको पक्षमा २३ मत परेको छ । बहुमतका लागि २१ मत भए पुग्छ ।

प्रदेश सभामा १ सांसद तटस्थ बस्दा कँडेलको विपक्षमा ११ मत परेको छ ।