सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सभामा विश्वासको मत पाएका छन् ।
सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई प्रदेश सभाका २३ सांसदले विश्वासको मत दिएका छन् ।
विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २३ र विपक्षमा १४ सांसदले मतदान गरेका छन् ।
कर्णालीमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएका छन् ।




प्रतिक्रिया