सुर्खेत-२ मा एमालेबाट यामलाल कँडेल एकल उम्मेदवार सिफारिस

सुर्खेत-२ मा एमालेबाट यामलाल कँडेल एकल उम्मेदवार सिफारिस

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले सुर्खेत क्षेत्र नम्बर २ (क) बाट कर्णाली प्रदेश कमिटीका इन्चार्ज यामलाल कँडेललाई सर्वसम्मत उम्मादवार सिफारिस गरेको छ ।

एमालेको निर्वाचन क्षेत्र समन्वय कमिटीले सुर्खेत क्षेत्र नम्बर २ (क) प्रदेशसभातर्फ कँडेललाई एकल उम्मेदवार सिफारिस गरेको हो ।

कँडेललाई सर्वसम्मत उम्मेद्वार सिफारिस गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए ।

 माओवादीको सहयोगमा कँडेल २०७४ सालको निर्वाचनमा विजयी भएका थिए ।