कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कंडेल नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कंडेल नियुक्त

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले कंडेललाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।

गठबन्धनमा रहेका एमाले–माओवादी र नेकपा एकीकृत समाजवादीका २३ सांसदले हस्ताक्षरसहित कंडेललाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका छन् । कर्णालीमा सरकार बनाउन २१ सांसदको समर्थन आवश्यक पर्छ ।

कंडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका १ जना सांसदले समर्थन जनाएका छन् ।