काठमाण्डु – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्यप्रसाद सिटौला निर्वाचित भएका छन् ।
पोखरामा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनमा सिटौलाले १ हजार ३० मत प्राप्त गरेर जितेका छन् ।
उनका प्रतिस्पर्धी हरिशरण केसीले ४६४ मत प्राप्त गरे । महासंघको वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, एनकुमार साइ र केदार पौडेल विजयी भएका छन् ।
उपाध्यक्षमा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी निर्वाचित भएका छन् । ७ उपाध्यक्ष पदका लागि १३ जनाबिच प्रतिस्पर्धा भएको थियो ।
महासंघको मालबाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ तथा महासचिवमा डेकनाथ गौतम विजयी भएका छन् । उपमहासचिवमा देविन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम सिंखडा निर्वाचित भएका छन् ।
सचिवमा उमेश केसी, चेतप्रसाद गौतम र टंकप्रसाद बस्याल निर्वाचित भएका छन् । कोषाध्यक्षमा राजेन्द्र आचार्य ७१६ मतसहित विजयी भएका छन् भने सहकोषाध्यक्षमा शोभाखर पौडेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष सिटौलाले सार्वजनिक यातायात क्षेत्र सुधारका लागि सरकारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले यातायात क्षेत्रमा विद्यमान समस्याको समाधानका लागि महासंघ सक्रिय रूपमा लाग्ने बताए ।




प्रतिक्रिया