शुक्रबारबाट सबै गाडी चलाउने निर्णयबाट यातायात व्यवसायी पछि हटे

शुक्रबारबाट सबै गाडी चलाउने निर्णयबाट यातायात व्यवसायी पछि हटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शुक्रबारदेखि सबै यातायातका सवारी साधन चलाउने निर्णयबाट यातायात व्यवसायी पछि हटेका छन् ।

असार १४ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डुले २५ सिटभन्दा बढी सिट क्षमताका गाडी मात्रै चलाउन दिने निर्णय गेपछि नेपाल यातायात राष्ट्रिय महासङ्घ र तीन वटा ट्रेड युनियनले विज्ञप्ति जारी गरी सवारी साधनसम्बन्धी निर्णय खारेज गर्न र खारेज नभए स्वतस्फूर्त रूपमा असार १८ गतेदेखि देशव्यापी रूपमा सबै सवारी सञ्चालन गर्ने चेतावनी दिएका थिए ।

त्यही विषयमा आज काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको नेतृत्वमा नेपाल यातायात राष्ट्रिय महासङ्घ र तीन वटा ट्रेड युनियनका प्रतिनिधिसहितको बैठकले २१ गतेसम्म सरकारको निर्णयलाई कुर्ने सहमति गरेको हो ।

बिहीवार भएको छलफलमा प्रमुख जिल्ला अधिकारी पराजुलीले २१ गतेसम्म निषेधाज्ञा नै जारी रहेको र त्यससम्बन्धी निर्णय गर्नका लागि सीसीएमसी, मातहततका निकाय, स्वास्थ्य मन्त्रालय तथा जिल्लास्तरमा पनि समन्वय गर्नुपर्ने भन्दै निर्णयका लागि चार दिनको समय मागेका थिए । सिडिओले केही समय मागेकाले आफूहरू तत्कालका लागि १८ गतेदेखि सबै सवारी साधन सञ्चालन गर्ने निर्णयबाट पछि हटेको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए ।