काठमाण्डु – यती एयरलाइन्सले भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीजका अवसरमा अफर ल्याएको छ । बिहीवार एयरलाइन्सले काठमाण्डु – भैरहवा रुटका यात्रुलाई लक्षित गर्दै तिज अफर ल्याएको हो ।
उक्त अफर अन्तर्गत यात्रुले दुई हजार रुपैयाँमा टिकट पाउने छन् । कम्पनीका अनुसार मोबाइल एप तथा वेभसाइटबाट टिकट बुकिङ गर्न सकिने छ । यो योजना आजसम्मका लागि मात्र रहने कम्पनीले जानकारी दिएको छ ।




प्रतिक्रिया