यौनकाण्डमा बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडी पक्राउ

यौनकाण्डमा बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – बेलौरी मालपोत कार्यालयका प्रमुख भोज बहादुर ऐडीसहित एक महिला पक्राउ परेका छन् । बेलौरी स्थित महिलाकै घरबाट कार्यालय प्रमुख ऐडीसहित विवाहित ३४ बर्षीया महिला पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलौरीले गएराती दुवैजनालाई महिलाकै घरबाट शंकास्पद अवस्थामा पक्राउ गरेको जनाएको छ । ईप्रका बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर चन्दले महिलाका घर परिवारले दिएको उजुरीका आधारमा कार्यालय प्रमुख ऐडी र महिलालाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको बताए ।

‘हामीले उनीहरुलाई पक्राउ गरेका होईनौँ, ‘प्रहरी निरीक्षक चन्दले भने, ‘उजुरीका आधारमा घटना बारे सोधपुछ गर्नका लागि मात्रै ल्याएका हौँ ।’ उनीहरु एक रात हिरासतमा राखेर दुवैका परिवारलाई प्रहरीले ईप्रका बेलौरीमा बोलाएको छ । कहिले बेलौरी नगरपालिका प्रमुख कहिले मालपोत कार्यालय बेलौरीका प्रमुखको जिम्मेबारी पाएर काम गर्दै आएका ऐडी दशैँ विदामा समेत घर गएका थिएनन् ।

डडेल्धुरा घए भएका उनी दशैंमा घर जान छाडेर  स्थानीय विवाहित महिलासंग घरमा भेटिएपछि घर परिवारले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । बेलौरी प्रहरीका अनुसार ति दुवैको केही समयअघिदेखि यौनसम्बन्ध रहेको जनाएको छ ।