वाईसीएलको संयोजक र सह–संयोजक तोकिए

वाईसीएलको संयोजक र सह–संयोजक तोकिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलको संयोजक र सह–संयोजक तोकिएका छन् ।

मंगलबार बसेको केन्द्रीय समितिको पहिलो पूर्ण बैठकले राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गर्दै संयोजकमा सुमन देवकोटा र सह–संयोजकमा सुवोध सिर्पालीलाई चयन गरेको हो ।

केहीदिन पहिले सम्पन्न वाईसीएलको राष्ट्रिय सम्मेलनमा देवकोटा र सिर्पाली अध्यक्षका दाबेदार थिए । सहमति जुट्न नसकेपछि राष्ट्रिय सम्मेलनबाट पदाधिकारीविहीन २३१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो ।