वाइसिएलको ७१ सदस्यीय दक्षिणकाली नगर कमिटी गठन

वाइसिएलको ७१ सदस्यीय दक्षिणकाली नगर कमिटी गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसिएलको दक्षिणकाली नगर कमिटी गठन भएको छ । मंगलबार नगर स्तरीय योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को ७१ सदस्यीय कमिटी निर्माण गरिएको हो ।

नवगठित वाइसिएल अध्यक्ष मीन बहादुर लामाको नेतृत्वमा ७१ सदस्यीय वाइसिएल गठन गरिएको नेकपा माओवादी केन्द्रका बाग्मती प्रदेश सदस्य तथा काठमाण्डु क्षेत्र नं १० ईन्चार्ज सञ्जय लामाले जानकारी दिए ।

वाइसिएलका काठमाण्डु जिल्ला इन्चार्ज शिव कँडेलले उक्त कमिटीको प्यानल घोषणा गरेका थिए । जिल्ला इन्चार्ज कँडेलले वाइसिएल पुनः नयाँ जोशका साथ अघि बढेको र स्थानीय तहको चुनावमा पार्टीका सम्पूर्ण जनवर्गिय संगठनहरु एक भएर पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

पार्टी सदस्यताको हिसाबले माओवादी केन्द्र पहिलो पार्टी बनेको बताउँदै उनले राष्ट्रिय स्वाधिनता र जनताको न्यायको पक्षमा आवाज उठाउन वाइसिएल सदैव पार्टीको अग्रपंक्तिमा उभिने बताए । बाग्मती प्रदेश सदस्य लामाले योङ्ग कम्युनिस्ट लिगको नगर कमिटी भेलाले नगरपालिका वाइसिएलको उपस्थिति सशक्त रहेको सन्देश दिएको बताए ।

वाइसिएल निस्कृय हुँदा माओवादी पनि कमजोर भएको भन्दै उनले अब स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा संगठन सक्रिय बनाउँदै समाजमा विद्यमान वेथिती रोक्न कडा संघर्षमा उत्रीन आवश्यक रहेको बताए ।