काठमाण्डु – वाइसियलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ले दुर्गेश थापा र भिटेनलाई वाइसियलमा भित्र्याउने बताएका छन । चितवनको इच्छाकामनामा वाइसिएल र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै नेता सापकोटाले दुर्गेश थापा र भिटेनलाई वाइसियलमा ल्याउने बताएका हुन् ।
वाइसियल मुलतः हिजो जनयुद्धमा बन्दुक बोकेर जनयुद्धमा होमिएका युवाहरुको शान्ति प्रकृयापछिको दस्ता रहेकोमा परिवर्तित सन्दर्भमा आजको पछिल्लो प्रविधी प्रयोग गर्ने अत्याधुनिक युवाहरुमा पनि अब्बल दस्ता निर्माण गरिने सापकोटाको भनाई थियो ।
वाइसियल शहरका युवाहरुमाझ सबैभन्दा लोकप्रिय र पुनः मुलुकको पहिलो संगठन बनाइने दाबी गर्दै उनले भने , ‘हामी दुर्गेश थापा र भिटेनलाई पनि वाइसियलमा ल्याउँछौं ।’ समाजको हर क्षेत्रका उत्कृष्टहरुलाई वाइसिलमा ल्याइने भन्दै उनले अगाडी भने, ‘एउटा राम्रो खेलाडी, राम्रो कलाकार , उत्कृष्ट विद्यार्थी वा समाजमा योगदान गरेका व्यक्तीलाई वाइसियल बन्न लामो समय कुरेर क्रियाशिल भइरहन जरुरी हुन्न । राष्ट्रको योगदान दिने हरेक ब्यक्ति वाइसियलको सदस्य हुने हक स्वतः राख्छ ।’
भेलामा अखिल (क्रान्तिकारी)का उपमहासचिव जीपी मैनालीसहित वाइसियलका निवर्तमान सचिवद्वय दिबश पाण्डे र केयर सिंह कुवर, लम्बिनी प्रदेश संयोजक जितेन्द्र पुन, नेतारु सन्तोष पनेरु, साजन अधिकारी , तथा अखिल(क्रान्तिकारी) नेताहरु बसन्त आचार्य र अबिनाश रम्तेलले शुभकामना मन्तब्य राखेका थिए ।
इच्छाकामना भेलाले वाइसियल अध्यक्षमा झलक गुरुङ र अखिल(क्रान्तकारी) अध्यक्षमा सुमित्रा प्रजाको नेतृत्वमा नयाँ टिम निर्वार्चित गरेको छ । कार्यक्रममा नेपाली काँग्रेस र एमाले परित्याग गरि माओवादी केन्द्र प्रवेश गरेका ६० जनालाई माओवादी (केन्द्रका) केन्द्रिय सदस्य समेत रहेका रामप्रसाद सापकोटाले टिका र खादा लगाएर स्वागत गरेका थिए ।




प्रतिक्रिया