काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।
शुक्रबार काठमाण्डुमा योङ कम्युनिष्ट लीग (वाईसीएल)को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्तिपूर्ण आन्दोलनमा फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।
देशको राजनीतिलाई सही दिशासमा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न पनि निर्देशन दिए । क्रान्ति नदोहोरिन भएकाले परिमार्जित र विकसित रुपमा संघर्ष गर्नुपर्ने भन्दै उनले अझैपनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए ।
त्यस्तै उनले जनयुद्धको बेलामा लडाईंको अग्रमोर्चामा को जाने भनेर प्रतिस्पर्धा हुने गरेको भएपनि अहिले पद र सुविधाका लागि मात्र प्रतिस्पर्धा हुन थालेको बताए।
‘हिजो हामी जनयुद्धमा हुँदा लडाईंको अग्रमोर्चामा को जाने भनेर प्रतिस्पर्धा हुन्थ्यो,’ प्रचण्डले भने, ‘कोही जान नपाएको खण्डमा हामी मर्न पनि जान नपाउने भने असन्तुष्टि हुन्थ्यो।’ तर, अहिले पद र सुविधाको लागि मात्र प्रतिस्पर्धा भएको प्रचण्डले बताए।




प्रतिक्रिया