वाइसिएलको राष्ट्रिय भेला भदौमा, प्रचण्डले सम्बोधन गर्ने

वाइसिएलको राष्ट्रिय भेला भदौमा, प्रचण्डले सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको युवा सङ्गठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालको राष्ट्रिय भेला यही भदौ १२ र १३ गते हुने भएको छ ।

वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले आज पत्रकार सम्मेलन आयोजना गर्दै भेला भदौ १२ र १३ गते हुने जानकारी दिएका हुन् ।

साथै उनले भेला भर्चुअल माध्यमबाट हुन लागेको जानकारी दिए । सातै प्रदेशका प्रतिनिधि र पर्यवेक्षक सम्बन्धित प्रदेशको राजधानीमा जम्मा भई भर्चुअल माध्यमबाट भेलामा सहभागिता जनाउने उनले बताए ।

‘उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौँ, सुदृढ सङ्गठन र परिवर्तनलाई संस्थागत गर्न वाइसिएल नेपालको राष्ट्रिय भेला सफल पारौँ’ भन्ने नारासहित हुन लागेको भेलाले नयाँ नेतृत्व चयन गर्नेछ ।

भेलालाई माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संबोधन गर्ने कार्यक्रम रहको अध्यक्ष सापकोटाले जानकारी दिए ।

भेलाकाे एजेण्डा सङ्गठनको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, नयाँ नेतृत्व र कार्यसमितिको चयनलगायत रहेको छ ।  भेलामा ६४७ प्रतिनिधि एवं पर्यवक्षेकको सहभागितामा रहने अध्यक्ष सापकाेटाले बताए  ।