काठमाण्डु – राजनीतिक दृष्टिले वर्ष २०८२ मा धेरै उतारचढाब रह्यो । यहि वर्ष जेन जी आन्दोलन भयो भने वर्षको अन्त्यतिर नयाँ निर्वाचन भयो । २०८२मा भएको राजनीति, आर्थिक र सामाजिक क्षेत्रमा भएका मुख्य घटना यस प्रकार छ ।
वैशाख १३ – पूर्वस्वास्थ्य राज्यमन्त्री एवं नेपाली कांग्रेस काठमाण्डुका पूर्वसभापति तीर्थराम डङ्गोलको निधन
वैशाख १७ – राजधानीकेन्द्रित सडक आन्दोलनमा उत्रेका शिक्षक तथा कर्मचारी र सरकारबीच नौ बुँदे सहमति
वैशाख २३ – वामपन्थी नेता प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन
जेठ ३ – सगरमाथा संवाद सम्पन्न
जेठ ७ – भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा अध्यागमनका सहसचिव तीर्थराज भट्टराई पक्राउ
जेठ १३ – पर्वतारोही कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको आरोहण गरी आफ्नै कीर्तिमानी भङ्ग
जेठ १५ – सरकारद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत
असार १ – नेपाल विद्युत् प्राधिकरणद्वारा बङ्गलादेश विद्युत् निर्यात सुरु ।
असार २ – पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डीराज शास्त्रीको निधन
असार ५ – दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि
असार १० – सरकारद्वारा भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन
असार २४ – नेपाल–चीन सीमामा रसुवाको ल्हेन्देखोलामा बाढी आउँदा ९ जनाको मृत्यु, १९ बेपत्ता
साउन ९ – इरानको जेलमा रहेका ४७ जना नेपाली महिलाको सरकारद्वारा सकुशल उद्धार
भदौ २३ – काठमाण्डुमा जेनजी पुस्ताको प्रदर्शन, १९ जनाको मृत्यु, गृहमन्त्री रमेश लेखकद्वारा राजीनामा
भदौ २४ – जेन जी प्रदर्शन जारी, थुप्र सरकारी कार्यालयहरूमा आगजनी, प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा
भदौ २५ – ११ हजार ५०५ कैदी जेल फोडेर फरार
भदौ २७ – राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त, प्रतिनिधिसभा विघटन
भदौ ३० – सरकारद्वारा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा तथा सहिद परिवारलाई १५ लाख रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराउने निर्णय
असोज ५ – सरकारद्वारा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन ।
असोज १० – राष्ट्रिय मानवअधिकार आयोगद्वारा भदौ २३ र २४ गतेको जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाको अनुगमन प्रतिवेदन सार्वजनिक
कात्तिक १२ – प्रतिनिधिसभा विघटन र सरकारविरुद्ध रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार
कात्तिक १७ – सरकारद्वारा जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा
कात्तिक १९ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहित १० वाम पार्टीबीच एकता घोषणा
पुस ३ – एमालेको ११औँ अधिवेशनबाट अध्यक्ष पदमा पुनः केपी शर्मा ओली निर्वाचित ।
पुस १३ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाण्डु महानगरपालिकाका प्रमुख वालेन्द्र ९बालेन० शाहबीच सात बुँदे सहमति
पुस २० – भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बयान
पुस २७ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सुरु
माघ २ – निर्वाचन आयोगद्वारा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिकता र आधिकारिक मान्यता प्रदान
माघ ४ – नेपाली कांग्रेसको आन्तरिक विवाद अदालतमा प्रवेश
फागुन २१ – देशभर शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न
चैत १३ – राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता वालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त, १५ सदस्यीय मन्त्रिमण्डल गठन
चैत १४ – तत्कालीन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा
चैत २२ – प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित ।
चैत २६ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा छाड्न अदालतको आदेश
चैत २७ -राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन




प्रतिक्रिया