काठमाण्डु– नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ईश्वर पोखरेल समूहले ३ जना उम्मेदवारको टुङ्गो लगाएको छ ।
पोखरेल समूहले महासचिवमा सुरेन्द्र पाण्डे, उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पोखरेलको प्यानलबाटै सचिवमा गोकुल बास्कोटा, विनोद ढकाल, कर्ण थापा, रचना खड्का, ठाकुर गैरेलगायतको उम्मेदवारीका विषयमा छलफल भएको छ ।
अहिले अन्य पदका उम्मेदवार टुंगो लगाउन छलफल चलिरहेको बताइएको छ ।




प्रतिक्रिया