काठमाण्डु– नेकपा एमाले ११ औं महाधिवेशनमा मंगलबार मतदान हुँदैछ ।
भोलि हुने मतदानका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । यस्तै पदाधिकारीको उम्मेदवारी दर्ता शुल्क समेत तोकिएको छ । अध्यक्षका लागि दर्ता शुल्क १५ हजार लाग्ने छ भने पदाधिकारीहरु र केन्द्रीय आयोगका अध्यक्षका लागि १० हजार तोकिएको छ ।
यस्तै केन्द्रीय सदस्यहरु र आयोगका पदाधिकारीका लागि ५ हजार शुल्क तोकिएको छ ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्रतिस्पर्धामा छन् ।




प्रतिक्रिया