एमाले महाधिवेशन : आफ्नो पक्षमा भोट माग्दै नेताहरु (तस्विरहरु)

एमाले महाधिवेशन : आफ्नो पक्षमा भोट माग्दै नेताहरु (तस्विरहरु)


काठमाण्डु– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

११ औँ महाधिवेशनको मतदान स्थलमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षको उम्मेदवार भएसँगै उनीहरुबीच प्रतिस्पर्धा हुने भएपछि नेताहरू अहिले भोट माग्न व्यस्त छन् ।

५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी रहेको छ भने महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे भिड्दै छन् ।

महाधिवेशन स्थल प्रचार प्रसारका सामग्रीले रङगीचङगी देखिएको छ । मतदान दिउँसो ४ बजेबाट सुरु हुने बताइएको छ ।