एमालेले टुङ्ग्यायो राष्ट्रियसभा निर्वाचनका लागि ८ जना उम्मेदवार

एमालेले टुङ्ग्यायो राष्ट्रियसभा निर्वाचनका लागि ८ जना उम्मेदवार


काठमाण्डु– नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि ८ जना उम्मेदवार टुंगो लगाएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि एमालेले ८ जनाको नाम टुंगो लगाएको हो ।

एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशमा रेखा झा, बागमतीमा प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटालाई राष्ट्रिय सभा उम्मेदवार बनाएको छ ।

यस्तै लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ।

कांग्रेसले पनि बुधबार ९ जना उम्मेदवारको टुङ्गो लगाएको छ ।