एमालेले आज काठमाण्डुमा जनप्रदर्शन गर्दै

एमालेले आज काठमाण्डुमा जनप्रदर्शन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेले आज काठमाण्डुमा जनप्रदर्शन गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गरिएको हो ।

संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको भन्दै त्यसको विरोध स्वरूप जनसभा गर्न लागिएको नेताहरुले बताएका छन् ।

एमालेका नेता महेश बस्नेतले आजको जनसभामा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन्।

जनप्रदर्शन र कीर्तिपुरस्थित खेल मैदानमा जारी नेपाल प्रिमियर लिग ९एनपिएल० को भिडलाई लक्षित गर्दै ३ हजार प्रहरी सडकमा खटिने भएका छन् ।