एमालेले सार्वजनिक गर्‍यो ११ औं महाधिवेशनको लोगो

एमालेले सार्वजनिक गर्‍यो ११ औं महाधिवेशनको लोगो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेले ११ औं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् ।

पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक रुप भएको बताइन् ।

लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिन्ह आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ ।

यही मंसिर अन्तिम साता भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनका लागि अहिले देशभरबाट प्रतिनिधि छनोटको काम भइरहेको छ ।