एमालेले विधान संशोधन नगर्ने

एमालेले विधान संशोधन नगर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेले विधान संशोधन नगर्ने भएको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले गत भदौमा गोदावरीमा भएको विधान अधिवेशनबाट पारित विधानअनुसार नै नयाँ नेतृत्व चयन पारित गर्ने निर्णय गरेको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीका आधारमा नेतृत्व निर्माण गर्ने निर्णय भएको छ ।

दोस्रो विधान महाधिवेशनले १९ जना पदाधिकारीबाट संख्या घटाएर १५ मा कायम गर्ने निर्णय गरेको छ । जसमा, वरिष्ठ उपाध्यक्ष नराखी ३ जना मात्र उपाध्यक्ष रहने प्रावधान राखिएको छ ।

३ महिनाअघि मात्र पारित गरेको विधानलाई यति छिटो संशोधन गर्दा व्यवहारिक नदेखिने निचोड निकालिएको ज्ञवालीले बताए ।

आजको बैठकले १०८ जना प्रतिनिधि मनोनयन गरेको छ ।