एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आज, निर्वाचन भोलि

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आज, निर्वाचन भोलि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भृकुटीमण्डपमा आइतबारदेखि जारी नेकपा एमालेको जारी ११औँ महाधिवेशनअन्तर्गत आज नेतृत्वका लागि उम्मेदवारी दर्ता गरिँदै छ।

एमालेले नयाँ नेतृत्व चयन प्रक्रियाका लागि निर्वाचन समितिलाई दिइएको अधिकारअन्तर्गत आज उम्मेदवारका आकांक्षीले बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फाराम दर्ता गर्ने कार्यसूची छ ।

यसका लागि केन्द्रीय निर्वाचन आयोगले बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने छ ।

आयोगका अध्यक्ष डा. विजय सुव्वाले आईतबार साँझ सार्वजनिक गरेको कार्यतालिका अनुसार केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन हुनेछ ।

एमाले महाधिवेशनमा २२६२ जना प्रतिनिधि सहभागी छन्।

एमालेको महाधिवेशन उद्घाटन भने शनिबार भक्तपुरको सल्लाघारीमा गरिएको थियो।