एमाले स्थायी कमिटीको आरोपः सत्तारुढ दलकै नेता चुनाव सार्न सर्वोच्चको ढोका पुगे

एमाले स्थायी कमिटीको आरोपः सत्तारुढ दलकै नेता चुनाव सार्न सर्वोच्चको ढोका पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख विपक्षी दल  एमालेले सरकार चुनाव सार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् । एमालेले सत्तारुढ दलकै नेताले पटक पटक चुनाव सार्ने बहानामा सर्वोच्चको ढोका चहारेको भन्दै चुनाव सारे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको हो ।

 

एमाले पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार बसेको स्थायी कमिटीको बैठकले सरकार प्राविधिक कारण देखाएर चुनाव सार्ने षडयन्त्रमा लागको आरोप लगाएको छ ।

 

यस्तो छ एमालेको विज्ञप्ति–

आगामी मङ्सिरका लागि निर्धा्रित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रयोग हुने मतपत्रका सम्बन्धमा हिजो कार्तिक ८ गते सर्वोच्च अदालतबाट जारी भएको आदेशप्रति बैठकको गंभीर ध्यानाकर्षण भएको छ ।

 

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पहिलो हुने निर्वा्चित हुने र समानुपातिक प्रणालीका उम्मेदवारका लागि अलग–अलग मतपत्रको ढाँचा तयार गरिसकेको तथा उक्त ढाँचाबाट कुनै पनि नागरिक या मतदाताको कुनै पनि संवैधानिक, कानुनी, मौलिक तथा नागरिक हकको प्रयोगमा वाधा नपुग्ने, मतपत्र मार्फत् मतदाताले आफूले मन पराएको दल या उम्मेदवार छनोट गर्न र तत्सम्बन्धी निजको गोपनीयतामा कुनै व्यवधान नपुग्ने स्थिति स्पष्ट छ ।

 

 

 

 

निर्वाचनको मिति घोषणा भएर असोज २९ गते समानुपातिक तथा कार्तिक ५ गते पहिलो हुने निर्वा्चित हुने प्रणाली अन्तरगतका उम्मेदवारहरुको मनोनयन दर्ता भएर निर्वाचन प्रक्रिया निकै अगाडि बढिसकेको अवस्था छ ।

 

 

 

आगामी मङ्सिरका लागि तय गरिएको निर्वाचन मौसमका कारणले पनि पर सार्नु संभव र उचित नहुने यथार्थप्रति जोड दिंदै यस्तो अवस्थामा कुनै पनि प्राविधिक कारण देखाएर निर्वाचन सम्बन्धी कुनै पनि कार्यमा प्रतिकूल प्रभाव पार्ने कुरा नेकपा (एमाले) का लागि स्वीकार्य नहुने कुरा स्पष्ट पार्न चाहन्छौं ।

 

 

आगामी निर्वाचन संविधानको कार्यान्वयन र सङ्क्रमणकाललाई टुङ्ग्याउन अत्यन्त महत्वपूर्ण रहेको हुनाले निर्वाचन आयोग लगायत सम्बद्ध सबै निकायहरुलाई निर्वाचनको चालू प्रक्रियालाई बिना कुनै अवरोध र बिना विलम्ब निष्कर्षमा पु¥याउन ध्यानाकर्षण गर्दछ ।