काठमाण्डु– उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन सत्तारूढ नेपाली कांग्रेस र मुख्य प्रतिपक्षी एमाले फेरि सक्रिय भएका छन्।
एमालेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूबाट हस्ताक्षर संकलन सुरु गरिसकेको छ भने कांग्रेसले दिउँसो १२ बजेदेखि थाल्ने तयारी गरेको छ।
गत वर्ष पनि दुई दलले रानामगरविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न खोजेका थिए। तर, आवश्यक दुई–तिहाइ समर्थन नपुग्ने र राजनीतिक असर पर्न सक्ने देखिएपछि त्यतिबेला पहल स्थगित गरिएको थियो।
यसपटक कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी र शीर्ष नेताबीच छलफल भइरहेको छ। छलफलपछि संसदीय दलको बैठक बस्नेछ।
रानामगरमाथि ‘पदअनुकूल आचरण नगरेको’ आरोप लगाउँदै संविधानको धारा ९१ अनुसार पदमुक्त गर्ने तयारी दुई दलले अघि बढाएका हुन्।




प्रतिक्रिया