एमाले महाधिवेशन स्थलमा महानगरले थाल्यो सरसफाई

एमाले महाधिवेशन स्थलमा महानगरले थाल्यो सरसफाई


काठमाण्डु– नेकपा (एमाले)ले आयोजना गरेको ११ औँ महाधिवेशनको बन्दसत्र स्थल भृकुटिमण्डपमा काठमाण्डु महानगरपालिकाले विशेष सरसफाई गरिरहेको छ ।

महाधिवेशन अन्र्तगत मतदानमा प्रयोग भएका प्रचार प्रसारका सामाग्रीहरु लगायत फोहोरहरु महानगरले व्यवस्थित गरिरहेको छ ।

महानगरले सडक, खुला क्षेत्र तथा कार्यक्रमस्थल वरपरको फोहोर व्यवस्थापन र सरसफाई तीव्र बनाएको हो।