काठमाण्डु– नेकपा एमालेको ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनकालागि अहिले मतदान चलिरहेको छ।
भृकुटीमण्डपमा ८० वटा भोटिङ मेसिनमार्फत प्रतिनिधिले भोट हालिरहेका छन् ।
अध्यक्षसहित १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य र ३ वटा आयोगका पदाधिकारीका लागि मतदान भइरहेको छ।
साढे १२ बजेसम्म ४ सय मत खसेको छ।
मेसिन भए पनि मतदान गर्न एकजनलाई आधा घण्टासम्म लाग्ने गरेको छ ।महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि छन्।
एमालेले आज राति १० बजेभित्रै मतदान सक्ने लक्ष्य लिएको छ।
एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले राति १० बजेसम्म मतदान सम्पन्न हुने आकलन गरिएको जानकारी दिए। त्यसलगत्तै मतपरिणाम आउनेछ।




प्रतिक्रिया