ओली पक्षलाई हराउँदै मोरङ एमालेमा संस्थापन इतरको प्यानलै विजयी

ओली पक्षलाई हराउँदै मोरङ एमालेमा संस्थापन इतरको प्यानलै विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमाले १० औं जिल्ला अधिवेशन अन्तर्गत मोरङ जिल्ला समितिको अध्यक्षमा अजम्बर राई विजयी भएका छन्।

केपी शर्मा ओली पक्षधर राजकुमार ओझालाई पराजित गर्दै संस्थापन इतरको प्यानलै विजयी भएको हो ।

उपाध्यक्षमा सागर थापा, सचिवमा सोम थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झा विजयी भएका छन ।

ओझा समूहबाट उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी पराजित भए ।

मतदानमा ८सय ८८ मत खसेको थियो ।