कांग्रेस र एमाले मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति : एकीकृत समाजवादी

कांग्रेस र एमाले मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति : एकीकृत समाजवादी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) ले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति भएको बताएको छ । उसले कांग्रेस र एमालेबीचको सत्ता सहयात्राको सहमतिलाई चरम अवसरवादको आरोप लगाएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सोमबार मध्यराति संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको नयाँ सत्ता समीकरण गर्ने सम्झौतालाई चरम अवसरवादको संज्ञा दिएका हुन् ।

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन चलिरहेको महाधिवेशनस्थल कमलादीमा रहेका खतिवडाले भने, ‘संसद्का ठुला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति हो । बहुदलीय राजनीतिको अपचलन संस्कृति हो । मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने काम हो ।’

कांग्रेस र एमाले मिलेर सत्ता चलाउने नमिल्दो कुरा रहेको बताउँदै खतिवडाले यो लोकतन्त्रका निम्ति पनि खतरा रहेको बताए ।

सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा एकीकृत समाजवादीलाई मान्य नभएको पनि खतिवडाले बताए ।