काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो चयनका लागि आज निर्वाचन हुँदैछ । २१ जना पदाधिकारी रहने व्यवस्था रहेको एकीकृत समाजवादीमा अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल चयन भएका छन् ।
बाँकी १८ पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोमा निर्वाचन हुन लागेको हो ।
असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा भएको दसौं महाधिवेशनले तीन पदमात्रै सर्वसम्मतीमा टुंग्याएको थियो । बाँकी १८ पदाधिकारीमा आकांक्षी धेरै हुँदा सहमति हुन नसक्दा एकीकृत समाजवादीले मंगलबार निर्वाचन गर्न लागेको हो।
त्यसका लागि उम्मेदवारी दर्ता गर्दा एक वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतको उम्मेदवारी दर्ता भएको छ । महिला उपाध्यक्षमा जयन्ती राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ।
१८ सदस्य पदाधिकारीका लागि ६७ जनाभन्दा बढीको उम्मेदवारी परेको छ।
पदअनुसार उम्मेदवारहरूको सूची :




प्रतिक्रिया