काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्पादहरुसँग दशौं महाधिवेशनको बारेमा अन्तरक्रिया गर्ने भएकाले बैठक दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको हो ।
३ बजेपछि बस्ने बैठकमा महाधिवेशनको उद्घाटन, बन्दसत्र सञ्चालन, महाधिवेशन प्रतिनिधि मनोनयनलगायतको विषयमा छलफल हुने हुने कार्यसूची रहेको एमाले सचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।




प्रतिक्रिया