आज विश्व योग दिवस मनाइदैं

आज विश्व योग दिवस मनाइदैं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-आज दशौं विश्व योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

‘आफू र समाजका लागि योग’ भन्ने आदर्श वाक्य नाराका साथ आज दसौँ विश्व योग दिवस मनाइँदै छ ।

जुन २१ लाई विश्व योग दिवसका रूपमा मनाउन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको समर्थनमा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि सन् २०१५ देखि विश्व योग दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा पनि सरकारले यो दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति समेत गठन गरेको छ ।