काठमाण्डु- नेकपा एमाले सांसद योगेश भट्टराईको गाडी तोडफोड भएको छ। पार्टीको कार्यक्रमका लागि ताप्लेजुङ पुगेका भट्टराई जिल्लाको सदरमुकाम फुङलिङमा कार्यक्रम सकेर फर्किने बेला उनको गाडीमाथि ढुंगा प्रहार भएको हो।
फुङलिङ बजारनजिकै फर्किने बेला भट्टराईको गाडीमाथि ढुंगा प्रहार भएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कमल कुमार मगरले बताए । उनी सवार गाडीको सिसा फुटेको छ।
ढुंगा प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीको अनुसन्धानले कोसी प्रदेश पहिचानवादी समूहले ढुंगा प्रहार गरेको देखाएको छ। पहिचानवादी समूहले विगत केही महिनादेखि कोशी प्रदेशको नाम परिवर्तन गर्नुपर्ने माग गर्दै आन्दोलन गर्दै आएको छ।




प्रतिक्रिया