महाधिवेशनको दिन सार्वजनिक सवारी चल्नुपर्छ : योगेश भट्टराई

महाधिवेशनको दिन सार्वजनिक सवारी चल्नुपर्छ : योगेश भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले महाधिवेशन स्थल वरपर गाडी चल्न पाउदैन भन्ने गलत प्रचार भएको बताएको छ । उद्घाटन समारोहको पूर्वसन्ध्या नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले उद्घाटन कार्यक्रममा सर्वाजनिक सवारीको आवागमन बन्द गर्नेबारे स्थानीय प्रशासनले पार्टीसँग कुनै पनि छलफल नगरेको जानकारी दिए ।

उनले मान्छेको हिँडडुल र सवारी अवागमनका कुनै अवरोध नहुने बताएका छन् । पत्रकार सम्मेलनमा भट्टराईले शनिबार हुने बन्द सत्रमा विदेशी पाहुनाहरूले पनि सम्बोधन गर्ने जानकारी दिए । शुत्रबार उद्घाटन हुने त्यसपछि प्रतिनिधिको परिचयत्र वितरण हुने छ । त्यसपछि शनिबार बन्दसत्र सुरू हुनेछ । त्यही दिन उम्मेद्वारी दर्ता र अन्तिम सूची प्रकाशन हुनेछ । उद्घाटन सत्रमा ५ हजार स्वयंसेवक खटिने उनले जानकारी दिए ।