निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुको कारण खोज्दै योगेशले मागे सुझाव

निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुको कारण खोज्दै योगेशले मागे सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका नाममा सुझाव मागेका छन् । भट्टराईले निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुको कारण खोज्दै सार्वजनिक रुपमा सुझाव मागेका हुन् ।

उनले निर्वाचनका कारण पार्टीलाई ठूलो धक्का लागेको बताउँदै भनेका छन् ‘नेकपा एमाले जस्तो लोकप्रिय, बलियो जनआधार र बलियो संगठन भएको पार्टी किन यो हालतमा पुग्यो ? यसको वस्तुनिष्ठ समीक्षा हुनुपर्दछ । समीक्षा आग्रहभन्दा माथि उठेर गरिनुपर्छ,’ भट्टराईले भनेका छन्, ‘फेरि पनि एमालेको एकता, रूपान्तरण, पुर्नगठन र पुनर्जागरणका लागि नयाँ संकल्प सहित अघि बढ्नु पर्दछ । समीक्षा मार्फत जिम्मेवारी किटान गर्नुका साथै जवाफदेहिताको प्रश्न हल हुनेछ ।’

उनले आफ्नो इमेल र फोन नम्बर सार्वजनिक गर्दै विभिन्न राय सुझाव पठाउन माग गरेका छन् । यस्तै उनले निम्न ३ बुँदामा टिप्पणी पठाउन समेत आग्रह गरेका छन् ।

१. निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुमा कुन कुन कारण होलान ? र किन ? (नीति, नेतृत्व, संगठन, व्यवहार, कार्यशैली, व्यवस्थापन, एजेण्डा, प्रचार आदि) आन्तरिक र बाह्य कारण ?

२. एमालेको रूपान्तरणका लागि कुन कुन पक्षमा के के सुधार गर्नु पर्ला? सुधारका प्रस्ताव सहित । अनि रूपान्तरणको विधि र प्रक्रिया बारेमा ।

३. एमालेका सबल र कमजोर पक्ष अनि एमालेको सम्भावना ।