जनार्दन शर्मालाई अर्थमन्त्रीको हैसियतमा संसदमा बोल्ने अधिकार छैन : योगेश भट्टराई

जनार्दन शर्मालाई अर्थमन्त्रीको हैसियतमा संसदमा बोल्ने अधिकार छैन : योगेश भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको भाषण सुन्न नेकपा एमाले तयार नभएको बताए ।  बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले अर्थमन्त्री शर्माले अब अर्थमन्त्रीको रुपमा संसद्‌मा बोल्ने नैतिक अधिकार नभएको बताएका हुन् ।

‘यो गरिमामय संसदमा उहाँले अर्थमन्त्रीको हैसियतमा बोल्ने कुनै नैतिक अधिकार अब उहाँसँग छैन । यो नेकपा एमालेको दृष्टिकोण हो । यो संसदीय समितिले उहाँ दोष छ कि छैन भनेर छानबिन गर्ने होइन सभामुख महोदय उहाँ स्वतः दोषी प्रमाणित हुनुहुन्छ । यो संसदीय समितिले त उहाँको दोषमाथि के कारबाही गर्ने भन्ने छानबिन गर्ने हो । यो रोस्ट्रममा अर्थमन्त्रीको हैसियतमा बोल्ने नैतिक अधिकार छैन म फेरि भन्न चाहन्छु ।’ उनले भने ।

भट्टराईले अर्थमन्त्री शर्मालाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे ।‘अर्थमन्त्रीलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्दछु । त्यसपछि उहाँ सासंदको रुपमा संसद्‌मा भाषण गर्नुहुन्छ । अनि हामी उहाँको भाषण सुन्न तयार छौँ,’ उनले भने ।   अर्थमन्त्री  शर्मामाथि छानबिन गर्न बेनको ११ सदस्यीय संसदीय छानबिन समितिले उनलाई कारबाहीका लागी प्रमाण  जुटाउने पनि उनले दावी गरे ।