योगेशको आरोपः बालेन्द्र शाह पदीय दायित्वबाट भाग्न खोजिरहेका छन्

योगेशको आरोपः बालेन्द्र शाह पदीय दायित्वबाट भाग्न खोजिरहेका छन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डू, ३१ वैशाख–एमाले नेता योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाह बालेन संवैधानिक र पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत भट्टराईले प्रधानमन्त्र सदनमा जवाफका लागि उपस्थित हुन नचाहेको विषयमा प्रशन उठाएका हुन् ।
प्रधानमन्त्रीय पद्धतिमा सरकारको नीति तथा कार्यक्रमलाई प्रधानमन्त्रीको अवधारणा मानिने भएकाले अरुले चित्तबुझ्दो जवाफ दिन नसक्ने तर्क उनको छ ।

‘हामीले प्रधानमन्त्रीय पद्धति अभ्यास गरेका छौं । यसको मतलब राष्ट्रपतिद्वारा वाचन गरिएको नीति तथा कार्यक्रम रूपमा सरकारको, तर सारमा प्रधानमन्त्रीको अवधारणा मानिन्छ’, उनले भनेका छन्, ‘त्यससम्बन्धी उठेका प्रश्नमा स्वयं अवधारणाकारका अलावा अरू कसले चित्तबुझ्दो जवाफ दिनसक्ला ?’

प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनु भनेको संसदमा भाग लिने, छलफलमा उठेका सवाललाई स्पष्ट पार्ने, संसदको निर्णय र निर्देशन पालना गर्ने/गराउन’ हो भन्दै उनले यसलाई प्रधानमन्त्रीले आफ्नो कर्तव्य र दायित्वका रूपमा बुझ्नुपर्ने बताए ।


संसदीय अभ्यास गरेका मुलुकमा प्रधानमन्त्रीले विशेष सम्बोधन, घोषणा, कुनै घटनाप्रतिको दृष्टिकोण, औपचारिक विदेश भ्रमणबारे संसदमार्फत् नै सन्देश दिने प्रचलन रहेको उनले बताए ।


‘संसदको रोस्ट्रममा उभिएर बोल्दा प्रधानमन्त्रीले आफूलाई गर्वको महसुस गर्छन् । तर हाम्रा युवा प्रधानमन्त्रीलाई यी विषयले किन आकर्षण गरिरहेको छैन प्रक्रिया मिचेर वा छलेर हिँड्ने कुरा लोकतान्त्रिक अभ्यासले स्वीकार गर्छ र ? भट्टराईले प्रश्न गरेका छन् ।