भरतमणिलाई योगेश भट्टराईले गरे एक लाख सहयोग

भरतमणिलाई योगेश भट्टराईले गरे एक लाख सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता योगेश भट्टराईले कमेडी च्याम्पियन सिजन–२ को विजेता बनेका भरतमणि पौडेललाई एक लाख सहयोग गरेका छन् । नेता भट्टराईले भरतमणिलाई सुभकामना दिँदै एक लाख सहयोग गरेका हुन् । कलाकारिताको क्षेत्रबाट जिल्लाको पहिचान बढ्ने उनले विश्वास व्यक्त गरे ।

गत शनिबार सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा अधिक भोट ल्याएर भरतमणि विजेता बनेका थिए । आफ्ना दुई प्रतिस्पर्धी बिक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै विजेता बनेका भरतमणिले डाट्सनको कार र नगद २५ लाख प्राप्त गरेका छन् ।