काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली तारे होटलमा नेपाली खानाको बेग्लै स्थल राख्नु पर्ने नियम ल्याएका छन् ।
नेपाली मौलिक खानाको प्रचार प्रसार गर्न यस्तो निणय गरिएको मन्त्री भट्टराईको चालु आर्थिक वर्षको प्रमुख कार्ययोजनामा समावेश छ ।
नेपाली ४ तारे र ५ तारे होटलले नेपाली खानाको लागि छुट्टै स्थल राख्नुपर्ने व्यवस्था होटल मापदण्डमा नै तोक्न लागिएको हो । १५ दिनभित्रमा यस्तो मापदण्ड बनाइसक्ने मन्त्री भट्टराईको कार्ययोजनामा उल्लेख छ ।
‘नेपाली मौलिक खानाहरुको प्रचार प्रसारको लागि हरेक ४ तारे र ५ तारे होटलले नेपाली खानाको छुट्टै स्थल हुनुपर्ने गरी होटल मापदण्डमा तोक्ने’ भन्ने व्यवस्था मन्त्री भट्टराईले सार्वजनिक गरेको प्राथमिकता र कार्यक्रममा उल्लेख छ ।




प्रतिक्रिया