काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालमा अशान्ती मच्चाउने भारत भन्दा चीनको मेलमिलापपूर्ण नीति नै ठिक भएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत मन्त्री भट्टराईले पछिल्लो समय चिनियाँ राजदूत होउ यान्छीको राजनीतिक भेटवार्ताको समर्थन गरेका हुन् ।
उनले भनेका छन्, ‘संबिधान बनाउने बेलामा असफल पार्न खोज्नु ठिक वा संबिधान निर्माणप्रति सद्भभाब राख्नु ठिक ? पहिलो र दोश्रो संबिधानसभाको बेलामा तराई र पहाड, जाति जनजातिको सामान्य अन्तरबिरोधलाई चर्काएर नेपालमा बिग्रह ल्याउन प्रयत्न गर्नु ठिक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सद्धभाब राख्नु ठिक ?’
त्यस्तै उनले नेपाललाई नाकाबन्दी लगाउने भारत ठिक कि नेपाल र नेपालीको पक्षमा वकालत गर्ने चीन ठिक भन्दै प्रश्न गरेका छन् । ‘नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खोज्नु ठिक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देउ भन्नु ठिक ?’, उनको प्रश्न छ ।
त्यस्तै उनले नेपालको लोकतन्त्रलाई कमजोर पार्दै पार्टी–पार्टीबीच विवाद निम्त्याउने भारत कि पार्टीबीचमा राम्रो एकता बनाउँदै नेपालको सम्म्रिद्धीप्रति सद्धभाब राख्ने चीन ठिक भन्दै प्रश्न गरेका छन् ।
‘पार्टीर पार्टी र पार्टीभित्रको अन्तरबिरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठिक वा सबै पार्टीबिचमा राम्रो एकता बनाउँदै नेपालको सम्म्रिद्धीप्रति सद्धभाब राख्नु ठिक ?’, उनले भनेका छन्, ‘कुनै पनि बिदेशी राजनीतिक तथा कुटनीतिक गतिबिधिलाई यसै सन्दर्भबाट हेरियो भने सहि हुन्छ । कसैको पनि कुरा सुन्नु राम्रो हो । मान्ने नमान्ने अधिकार हाम्रो हो !’




प्रतिक्रिया